शिवम् सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन, भोलिसम्म आवेदन दिन पाइने
काठमाडौँ । शिवम् सिमेन्टको साधारण सेयर (आइपीओ) मा ४६ लाख ८८ हजार १२० कित्ताका लागि ४६ हजार ४६ जना सर्वसाधारणले आवेदन दिएका छन् ।
यता आयोजना प्रभावित स्थानीयहरू ७८५ जनाले ३ लाख ६८ हजार ५८०० कित्तामा आवेदन दिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । स्थानीय र आयोजना प्रभावितसहित ५० लाख ५६ हजार ७०० कित्तामा आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेपछि मङ्गलवार (भोलि) सम्म मात्र आवेदन दिन पाइने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
शिवम् सिमेन्टले प्रतिकित्ता ३०० रुपैयाँको दरमा सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ खुला गरेको थियो । उक्त सेयर छिटोमा फागुन ९ गतेसम्म र उक्त समयमा नबिकेमा चैत ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरेको थियो । माग भन्दा बढी आवेदन परेकोले भोलि सूचना जारी गरेर गर्ने र आवेदन दिने भोलि नै अन्तिम म्याद हुने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्ट्याइएको छ । सामूहिक लगानी कोषलाई २ लाख २० हजार कित्ता छुट्ट्याइएकोमा ६० हजार कित्ता मात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याइएको थियो ।
यसअघि स्थानीयलाई ३०० रुपैयाँका दरले ८ लाख ८० हजार कित्ता आइपीओ खुला गरेको थियो । त्यो समयमा २ लाख २४० कित्ताका लागि आवेदन परेको थियो । त्यो समयमा बाँडफाँट नभएको सेयर स्थानीय बासिन्दालाई २०० मा १ लाख १२० कित्ता सेयर थप्ने जनाएको छ । ५ लाख ७९ हजार ६४० कित्ता सेयरमा स्थानीयले प्रकिकित्ता २०० रुपैयाँको दरले आवेदन दिएका छन् । स्थानीयले पनि भोलि (मङ्गलवार)सम्म मात्र आवेदन दिन पाउने छन् ।