सेयर बजारमा सामान्य सुधार हुँदा कसले कमाए, कसले गुमाए
काठमाडौं । कारोबारको सुरुदेखि नै सामान्य उतार चढाब हुँदै आएको सेयर बजार अन्तिम समयमा आएर ७.४१ अंकले बढेर कारोबार मापन गर्ने सूचक ११०९.७३ अंकमा पुगेको छ ।
यो दिन १६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता सेयर २० करोड ३८ लाख ३९ हजार ८६४ रुपैयाँमा किनेबेच भएको छ । दश वटा उप समूहको कारोबार हुँदा वित्त कम्पनीको ०.६५ अंकले गिरावट देखिएको छ भने बाँकी सबै उपसहूको सूचक हरियो भएको छ ।
कारोबारमा सबै भन्दा बढी निर्जीबन बीमा ७२.१२, जीवन बीमा समूहको ६०.०२, उत्पादन तथा प्रशोधन २०.३७, माइक्रोफाइनान्स १०.५१, अन्य १०.५८, बैंकिङ समूहको सूचक ४.०७ अंकले बढेको छ ।
यो दिनको कारोबार रकमको हिसाबमा सबैभन्दा बढी नबिल बैंकको सेयर दुई करोड ५० लाख ७१ हजार २६९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नबील बैंकको संस्थापक र माथिल्लो तामाकोशी रहेको छ ।
कारोबारमा आँखुखोला जलविद्युत कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन डिस्ट्रीलरीका लगानीकर्ताहरुले कमाएका छन भने गुमाउनेमा सहयोगी विकास बैंक, ग्लोबल आईएमई समून्नत स्किम, नेशनल हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।