पाँचथर पावरको १७ करोड ५० लाख कित्ता आइपिओ बिक्री सुरु



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सोमबारदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।

आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री सुरु गरेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा फागनु १६ गतेसम्म हुनेछ । कुल निष्कासनमध्ये ३५ हजार ५ कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

कम्पनीले पाँचथरमा १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कूल लागत २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

आगामी ३ वर्षमा कम्पनीको प्रति सेयर आम्दानी बढेर १९ रुपैयाँ ३८ पैसा खुद सम्पत्ति १२८ रुपैयाँ ५४ पैसा पुग्ने प्रक्षेपण छ । केयर नेपाल लिमिटेडले गरेको रेटिङमा कम्पनीको आईपीओले ग्रेड ४ पाएको छ ।


क्लिकमान्डु