नेप्से सूचक ११ सय नजिक
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार कारोबार मापन गर्ने सूचक १०.७५ अंकले घटेर ११०२ अंक कायम भएको छ ।
आइतबार १६६ कम्पनीको ६ लाख ९८ हजार ५४२ कित्ता सेयर २० करोड ९९ लाख ९७ हजार ५६९ रुपैयाँमा किनबेच भएको छ । १० वटा उपसमूहको कारोबार हुँदा सबैको कारोबार घटेको छ । सबै भन्दा बढी निर्जीबन बीमा ६९.२, जीवन बीमा ६१, उत्पादन तथा प्रशोधन ३३.२, माइक्रोफाइनान्स २०.७२, होटेल १९.१३, बैंकिङ समूह ९.०१ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनआईसी एसिया बैंकको सबै भन्दा बढी १ करोड ३७ लाख ३१ हजार २९९ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नबिल बैंक शिखर इन्स्योरेन्स रहेका छन् ।
कारोबारमा यूनिलिभर नेपाल, एक्सेल डेभलपमेन्ट, एनएमबी हाईड्रो फण्ड एल–१,साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाउँदा किसान माइक्रोफाइनान्स, भागर्व विकास बैंक, सपोर्टमाइक्रोफाइनान्स, घलेम्दीका लगानीकर्ताले भने गुमाएका छन् ।