एनसेलको कर्पोरेट कार्यालयमा बम बिष्फोट



काठमाडौं । एनसेलको कर्पोरेट कार्यालयमा  बम बिष्फोट भएको छ ।

केही समय अगाडि बम बिष्फोट भएको हो ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ । कार्यालय नजिकका घरमा समेत क्षती पुगेको छ ।

बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताए ।


क्लिकमान्डु