ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको साथ, फागुन ३० देखि ग्यास बिक्री/ वितरण ठप्प पार्ने



काठमाडौं । ग्यास उद्योगीको मागमा समर्थन जनाउदै ग्यास बिक्रेता महासंघ नेपालले फागुनको अन्तिम देखि ग्यास बिक्री वितरण नगर्ने बताएको छ ।

आफूहरुको जायज मागलाई सरकारले बेवास्ता गरेको भन्दै फागुन ३० देखि मुलुक भरिका ग्यास बिक्रेता /वितरकहरुले ग्यासको बिक्री वितरण पूर्ण रुपमा बन्द गर्ने महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले बताए ।

‘विभिन्न सरकारलाई गरी एक डोको भन्दा बढी ज्ञापनपत्रहरु बुझायौं होला, मागहरु जायज छ भन्छ तर कार्यान्वयन गर्दैन , यस्तो अवस्थामा कसरी व्यवसाय सञ्चालन गर्न सक्छौं ?,’ अध्यक्ष श्रेष्ठले भने ।

पहिलेको सरकार भन्दा हालको सरकार स्थिर सरकार तथा गाँउ गाँउमा पुगेको सरकार भने पनि गाँउ देखि शहरसम्म ग्यासको बिक्री वितरण गर्दा देखापरको समस्या वर्तमान सरकारले समाधान गर्न नसकेको उनले बताए ।

सरकार , व्यवसायी र उपभोक्ताको हितलाई हेरर आफना मागहरु अघि सारेको महासंघले जनाएको छ । सरकारले ग्यास बिक्रेता प्रमाणीकरण नगर्दा ग्यास विक्री वितरणमा समस्या भएको महासंघको भनाई छ ।

बिक्रेता प्रमाणीकरण नगर्दा खाधन्न पसलले समेत ग्यास बेच्दा उपभोक्ता मारमा परेको छन् । अध्यक्ष श्रेष्ठले भने, ‘खाधन्न पसलले पनि ग्यास बेच्दा आफूकहाँ चामल लिन आउनेलाई ग्यास दिने चामाल नलिने आएमा मुन्टो बर्टोरने गर्छन् । ’

उनले नेपाल आयल निगम ग्यासको बोनस र खर्चको सम्वन्धमा भने नबोलेको तर ग्यासको बिक्रेता तथा वितरकलाई कमिसन स्वरुप ६ प्रतिशत हुनुपर्ने मागमा भने गर्न नसक्ने प्रतिक्रिया दिएको बताए ।

सरकारले अति आवश्यक वस्तुको अभाव सिर्जना गरेमा कारबाही गर्ने भनिए पनि आफूहरु माग पुरा नभए पेशा छोड्न तयार भएको तर आन्दोलन नरोकिने महासंघले जनाएको छ ।

व्यवसाय नै टिकाउन नसक्ने अवस्था हुदाँ आन्दोलन गर्नुपर्ने अवस्थाको सिर्जना हुन पुगेको हो । हिजोको दिनमा आन्दोलन गर्नु हुदैन भनेर पाखामा बस्ने महासंघ नै भएको भन्दै अध्यक्ष श्रेष्ठले, अहिले आएर आन्दोलन गुर्नपर्ने अव्स्था रहर नभएर बाध्यता भएको बताए । यदि आफूहरुको माग सरकारले पुरा गरेमा आन्दोलन नगर्ने ठोकुवा समेत उनले गरे ।

सरकारले माग पुरा गरेमा यस क्षेत्रमा दुर्घटना समेत नहुने महासंघले जनाएको छ । हामीले ग्यास बिक्रेता÷वितरकहरुलाई टे«निङ दिनुपर्ने माग गरेका छौं , टे«निङ पाएको खण्डमा दुर्घटना हुने सम्भावना अत्यन्त न्यून हुने महासंघको भनाई छ ।

उपाध्यक्ष चन्द्रबहादुर थापाले सरकारले ग्यास क्षेत्रमा काम गर्ने व्यवसायी तथा कर्मचारीहरुको बीमा गर्नुपर्ने बताए ।

महासंघका अनुसार आन्दोलनलाई उधोग संघको समेत साथ रहने बताएको छ ।


क्लिकमान्डु