आलोचना रोक्न ज्ञानेन्द्रले फोन काटेका थिए, सरकारले सामाजिक संजाल बन्दगर्न खोज्यो: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत नियतले सूचना तथा प्रविधि सम्बन्धि विधेयक ल्याएको बताए ।

सामाजिक संजाललाई दर्ता गर्न भन्ने कुरा ठिक भएपनि दर्ता गर्न नआएमा के गर्ने भनेर प्रष्ट नभएको बताए ।

‘सामाजिक संजालमा सबैभन्दा बढी मलाई होच्चाइएको होला, म आफै यसलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्छ,’उनले भने ।

सरकारले यसबाट राजस्व संकलन गर्ने नियतले नआएको र नियमन र कडाई गर्ने उद्देश्यले ल्याएको बताए ।

प्रधानमन्त्रीले हरेक दिन अरुलाई होच्चाउनु हुन्छ र त्यसमा टिप्पणी गर्दा कानूनी रुपमा सजाय दिने प्रस्ताव विधेयकमा राखिएको छ ।

‘राजा ज्ञानेन्द्रले आलोचना बन्द गर्न फोन काटेका थिए, त्यसले न आलोचना बन्द भयो र न फोन यो कुरा ख्याल गर्नुहोस्,’थापाले भने ।


क्लिकमान्डु