खानेपानी मन्त्री मगरलाई संसदमा प्रश्न- मेलम्चीको खानेपानी कहिले आउँछ ? मन्त्री भन्छिन्- अन्तिम चरणमा



काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्चीको खानेपानी काठमाडौंमा आउने अन्तिम चरणमा रहेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद्ले सोधेको प्रश्नमा मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको र सिएमसीको कारण ढिलाई भएको बताइन् ।

‘पछिल्लो चरणमा मेलम्ची आयोजना देखिएको केही समस्या देखिएको छ, सिएमसी कम्पनीले छाडेर जादा समस्या देखिएको हो,जसले गर्दा आयोजना कहिले सकिन्छ भन्ने गम्भिर प्रश्न उठेको छ,’मगरले भनिन् ।

उनले सिएमसीसँग वार्ता गरेर फर्काउने काम अगाडि बढेको र सिएमसी नआएमा पुनः टेण्डरमा जाने बताइन् ।

नेपाली कांग्रेसका सांसद् डिला संग्रौलाले खानेपानी मन्त्री मगरलाई काठमाडौंमा कहिले मेलम्चीको खानेपानी आउछ भनेर प्रश्न गरेकी थिइन् ।

यस्तै प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद् गगनकुमार थापाले सचिवले खानेपानीमन्त्रीले ठेकेदार भगाएको आरोप लागेको र सचिव सरुवाको विषयमा प्रश्न गरेकी थिए ।

त्यसको जवाफमा मन्त्री मगरले मिडियाले अनावश्यक कुरा हल्ला फैलाएको बताइन् ।

‘म आएपछि मेलम्ची आयोजाले ८४ करोडको भुक्तानी गरेको छ,मलाई १ अर्ब रुपैयाँ भष्ट्रचार गरेको भनेर लेखे,यसमा सुनियोजित रुपमा बद्नाम बनाउने काम भएको छ,’मन्त्री मगरले भनिन् ।


क्लिकमान्डु