प्रभु बैंकले अमलेखगन्ज डिपोमा एक्स्टेन्सन काउण्टर खोल्यो



काठमाडौं । बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकको बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले बैंकको अमलेखगञ्जस्थित नेपाल आयल निगमको परिसरमा बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

अमलेखगञ्जस्थित बैंकको एक्स्टेन्सन काउण्टर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल आयल निगम अमलेखगञ्जका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले आप्mनो मन्तव्यका क्रमममा पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए ।

उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए ।

अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले सम्पुर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने जानकारी गराए ।


क्लिकमान्डु