ज्योति विकास बैंकले खोल्यो एकैपटक १० स्थानमा शाखा



काठमाडौं । ज्योति विकास बैंक लि ले भक्तपुर जिल्लाको बोडेमा, काभे्रको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक श्री जगदिश्वर प्रसाद अधिकारी द्वारा एक कार्यक्रमका बिच २०७५ फाल्गुन ८ गतेका दिन बिहान ९ बजेको समयमा संयुक्त रुपमा उद्घाटन गरे ।

साथै काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा बजारमा मा रहेको शाखाको पनि प्रमुख अतिथी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।

त्यसैगरि काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिका वडा नं ६, साखँ बजारमा रहेको नयाँ शाखा प्रमुख अतिथी शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठद्वारा र कीर्तिपुर नगरपालिका वडा न्ां ९, नयाबजार काठमाण्डौमा रहेको शाखा पनि औपचारीक उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष  हरि चन्द्र खड्का द्धारा गरे ।

चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्रबँैकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ द्धारा उद्घाटन गरे ।

बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा पुर्याएको छ ।

यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने छ ।

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.६३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १२ हजारभन्दा बढी ऋणी मार्फत २१ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास  प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड पुग्ने छ ।


क्लिकमान्डु