कुन कुन कम्पनीका थपियो नेप्सेमा झण्डै दुई करोडको सेयर ?



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)म चार वटा कम्पनीको सेयर सुचीकृत भएको छ ।

चार कम्पनीको १ करोड ८० लाख ७१ हजार ८६७.३० कित्ता सेयर सुचीकृत भएको नेप्सेले जनाएको छ । बिहीबार सुचिकृत हुने सेयरमा एनआइसि एसीया बैंक, सेञ्चुरी कमर्सियल बैंक, चिलिमे जलविद्युत कम्पनी र किसान माइक्रोफाइनान्स रहेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक र किसान माइक्रोफाइनान्सको हकप्रद सेयर सुचीकृत भएको छ भने एनआईसी एसिया र चिलिमे जलविद्युत कम्पनीको बोनस सेयर सुचिकृत भएको हो ।

एनआइसि एसीया बैंकको ८० लाख ३१ हजार ११७ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने चिलिमे जलविद्युत कम्पनीको ७९ लाख ३० हजार २२६.३० कित्ता सेयर नेप्सेमा सेचिकृत भएको छ ।

यस्तै सेञ्चुरी कमर्सियल बैंकको १८ लाख ७० हजार २ सय ७४ र किसान माइक्रोफाइनान्सको २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको छ ।


क्लिकमान्डु