माघमा पनि बैंकिङ क्षेत्रको समस्या उस्तै: २४ अर्ब निक्षेप संकलन गरेर २३ अर्ब ऋण, सीसीडी टाइट



काठमाडौं । चालू आर्थिक वर्षको शुरुदेखि नै निक्षेप संकलन र कर्जा प्रवाहबीच सन्तुलन नमल्दिा बैंकिङ क्षेत्र समस्यामा छ ।

सरकारी तवरबाट बैंकिङ प्रणालीमा तरलता प्रभाव गर्न विभिन्न सुधारका कामहरु गरेको भनिए पनि बजारमा त्यसको प्रभाव परेको देखिँदैन । आर्थिक वर्षको ७ महिना वित्दा पनि सरकारले विकास खर्च गर्न नसकेपछि त्यसको असरि अर्थतन्त्र र बैंकिङ क्षेत्रमा परेको हो ।

माघदेखि बैंकिङ प्रणालीमा तरलता केही सहज हुने अनुमान गरिएको थियो । तर, त्यो अनुमान फेल खाएको छ ।

माघ महिनामा बैंकहरुले २४ अर्ब निक्षेप संकलन गरेर २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसको अर्थ के हो भने बैंकहरुको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) अझै पनि टाइट छ । जसकारण ऋण माग्नेहरुले भनेजति ऋण पाउन सक्ने अवस्था छैन ।

राष्ट्र बैंकका अनुसार गत पुस मसान्तमा बैंकहरुले २६ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यही फागुन ४ गतेसम्ममा बैंकहरुले २६ ७९ अर्ब निक्षेप संकलन निक्षेप संकलन गरी २३ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

पछिल्लो एक हप्तामा मात्रै बैंकहरुको निक्षेप ८ अर्बले बढेको छ भने कर्जा ३ अर्ब रुपैयाँले मात्रै बढेको छ ।


पुष्प दुलाल