देशभरबाट १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ ’स्मार्ट छोरी’ अभियान सुरु



काठमाडौं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथावित्तिय साक्षरताप्रदानगर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले आजदेखि स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझपुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ । डिजिटल शीपको अभाव नै उनीहरुको क्यारियर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

स्मार्ट छोरी खल्तीएप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागिहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्त व्यबस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि३५ वर्ष उमेर समूहका नेपालीकिशोरी तथामहिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् ।

यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा उनीहरु आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानीबिकास गर्न र आफ्नो समुदायमाउदाहरणिय व्यक्तित्वबन्न सक्नेछन् ।

अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशकतथा ’स्मार्ट छोरी’का संयोजक अमितअग्रवाल ले भने,‘पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ । तर अधिकांशको ध्यान भौतिकपूर्वाधार विकास गर्नेतर्फ मात्रै छ । भौतिक पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल कदापि सम्भव छैन । यसका लागि डिजिटल साक्षर जनशक्ति र जन सहभागिता उत्तिकै आवश्यक पर्छ । दक्ष जनशक्तिको कुरा गर्दा आधाभन्दा बढी जनसंख्याभएका महिलाहरुको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।’

यो अभियानले नेपाल सरकारको स्मार्ट सिटि र डिजिटल नेपालको सपनालाई टेवापुर्याउने अग्रवालको विश्वास छ ।
१५ देखि ३५ वर्षसम्मका किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्तएपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानर माक्लिक गरी यो अभियानमा जोडिन सक्नेछन् । यो इ(लर्निङ प्लाटफर्म महिला प्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ ।


क्लिकमान्डु