वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने गरेर ग्लोबल आइमई बैंकले ऋणपत्र जारी गर्ने



ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याजदर १०.२५ प्रतिशत सहितको ऋणपत्र निष्कासन गरेको छ ।
उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ ।

फागुन १५ देखि खरिद गर्न सकिने बैंकको ऋणपत्रमा ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याईएको छ ।

सर्वसाधारण लगानीकर्ता तर्फ प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्तासम्म आवेदन दिन सकिने छ भने संस्थागत लगानीकर्ताहरुको लागि अधिकतम लगानी सिमा लागू हुने छैन ।

सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधिभित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतम प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु