एभरेष्ट बैंकको लगानीकर्ता पीएनबी संकटमा, कर्जा असुल गर्न ४ हजार सम्पत्ति बिक्री गर्ने
एभरेष्ट बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको पंजाब नेशनल बैंक(पीएनबी)ले कर्जा असुल्नको लागि ४ हजार सम्पत्ति बिक्री गर्ने भएको छ ।
बैंकले सम्पत्ति बिक्रीको लागि इलिलामी निकालेको छ । बैंकका अनुसार यो लिलामी प्रतिभुतिकरण र पुननिर्माण तथा प्रतिभूति ब्याज प्रवद्र्धन नियम(एसआरएफएईएसआई) अनुसार गरिउको छ ।
जसले आर्थिक वर्ष २०१८÷१९ मा बैंकले २६ हजार करोड भारतीय रुपैयाँ असुल गर्न सक्छ ।
पिएनबीले २०१८ को डिसेम्बरसम्ममा २४७ करोड रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष भने २३० करोड रुपैयाँ नाफा थियो ।
पिएनबीको खराब अवस्थाले भने एभरेष्ट बैंकलाई भने केही असर गर्दैन । ऐजेन्सी