एनालग प्रविधिमा अझैपनि टिभी चलाएको भन्दै सरकारको आपत्ति, सामान जफथ गर्ने चेतावनी



काठमाडौं । सरकारले अझै पनि एनालग प्रविधिमा टेलिभिजन चलाएको भन्दै तत्काल डिजिटल प्रणालीमा जान पुन आग्रह गरेको छ ।

एनालग प्रविधिमा नै टेलिभिजन चलाइरहे माल सामान जफथ गर्ने चेतावनी आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना मार्फत दिएको छ ।

राष्ट्रिय प्रसारण नियमावली, २०५२ ले काठमाडौं, विराटनगर, बीरगन्ज, ललितपुर र पोखरा महानगर क्षेत्रभित्र सञ्चालित सबै एनालग केवल नेटवर्कहरु २०७४ वैशाख १५ गते सम्म र सो बाहेकका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भित्रका क्षेत्रमा २०७४ कात्तिक १५ गतेसम्म डिजिटलमा जान निर्देशन दिइएको थियो ।

बाँकी रहेका सबै गाँउपालिका समेत क्षेत्रमा २०७५ वैशाख १५ गतेसम्म अनिवार्य डिजिटल प्रणालीमा जान भनिएको भएपनि अटेर गरिएको मन्त्रालयको भनाइ छ ।

ती क्षेत्रमा मन्त्रालयले विभिन्न समयमा अनुगमन गरेको र एनालग प्रणालीमा सञ्चालित केवल नेटवर्क बन्द गरिएको उल्लेख गर्दै यसका बाजूद पनि कसैले एनालगत प्रणालीमा टेलिभिजन प्रसारण र वितरण गरेको भेटिएमा प्रयोग भएका उपकरण जफथ गरिने उल्लेख छ । 


पुष्प दुलाल