पाँचथर पावर कम्पनीको कति आउँदैछ आईपीओ ?
काठमाडौं । पाँचथर पावर कम्पनीले सर्वसाधारणका लागि १६ लाख २७ हजार ७३३ कित्ता सेयर खुला हुने भएको छ ।
आयोजना प्रभावित स्थानीयलाई ९ लाख ६२ हजार ५०० कित्ता सेयर खुला गरेको थियो । जसमा स्थानीयले १ लाख ७४ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका छन् भने ७ लाख ८७ हजार ७५० कित्ता बिक्न सकेको छैन । स्थानीयले नकिनेकोसहित १७ लाख ५० हजार २५० कित्ता सेयर खुला हुने भएको छ ।
जसबाट ३५ हजार ५ कित्ता कर्मचारीलाई र ८७ हजार ५१२ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्टयाइएको छ । प्रति कित्ता एक सय रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम नौ हजार ६२० कित्ता सम्म आवेदन दिन पाइने भएको छ । फागुन ११ गतेदेखि १६ गतेसम्म आवेदन दिन पाइने छ । यो अवधिमा सेयर नबिकेको खण्डमा चैत्र १२ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । यो सेयरमा आवेदन दिनका लागि सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि पाइने छ । यस्तै सानिमा क्यापिटल नेपाल, नक्साल र पाँचथर पावर कम्पनी ललितपुर हात्तिवनबाट पनि आवेदन दिन सकिने छ ।
पाँचथर पावरले कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको ’हेवा खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।