१६ रुपैयाँमै साडी किन्न ओइरिए महिला, भिड बढेपछि भागदौड मच्चिदा ५ तोला सुनको गहना हरायो



हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा अर्थात् नेपाली १६ रुपैयाँमै साडी बिक्री गर्न थालेको छ ।

यति सस्तोमै साडी किन्न पाइने भएपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।

सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएका थिए ।

प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ ।

भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले ५ तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् ।

प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ । रासस


पुष्प दुलाल