शिवम् सिमेन्टको आइपिओ निष्कासनको प्रत्याभूतिकर्ता थपिए, सिबिआईएल र ग्लोबलले समेत प्रत्याभुति गर्ने



काठमाडौं । फागुन ६ गतेदेखि सार्वजनिक निष्कासन गर्न लागेको शिवम् सिमेन्टको प्रत्याभूतिकर्ता थपिएका छन् ।

सुरुमा एनआईबिएल क्यापिटलले मात्र प्रत्याभुति गरेकोमा सिबिआईएल क्यापिटल र ग्लोबल आईएमई क्यापिटलले समेत शिवम् सिमेन्टको सार्वजनिक निष्कासनको प्रत्याभूति गर्ने भएका छन् ।

धितोपत्र बोर्डले यसको अनुमति दिएको छ । नयाँ व्यवस्था अनुसार एनआईबिएल क्यापिटलले ७४ करोड रुपैयाँको सेयरको प्रत्याभूति गर्ने छ भने सिबिआईएलले ५० करोड र ग्लोबल आईएमई क्यापिटलले २५ करोड रुपैयाँको प्रत्याभूति गर्ने छ ।

प्रतिकित्ता ३०० रुपैयाँका दरले ४१ लाख २० हजार कित्ताका लागि सर्वसाधारणको लागि शिवम् सिमेन्टले आवेदन खुलाएको छ । फागुन ६ गतेदेखि खुल्ने आवेदन छिटोमा फागुन ९ र ढिलोमा चैत ५ सम्म खुल्ला रहने छ ।

शिवम्ले सूचना जारी गर्दै सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतमसम्म आवेदन दिन सक्ने जनाएको छ ।


क्लिकमान्डु