भारतले पाकिस्तानबाट आउने सामानमा २०० प्रतिशत भन्सार शुल्क बढायो



पुलवामामा अएको आतंकी हमलाको भारतले पाकिस्तानलाई करमा नाकाबन्दी गरेको छ ।

भारतले पाकिस्तानबाट आउने सामानको आयातमा २०० प्रतिशतसम्म भन्सार शुल्क बढाएको हो ।

पुलवामामा भएको आतंककारीको हमलामा भारतले पाकिस्तानको हात रहेको बताउदै आएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशनको दर्जा समेत फिर्ता लिएको छ । भारतले आयात हुने पाकिस्तानी सामानलाई बढाएको भन्सार शुल्कले पाकिस्तानको अर्थतन्त्रलाई समस्यामा पार्ने छ ।

भारतीय वित्तमन्त्री अरुण जेट्लीले ट्वीट मार्फत पाकिस्तानबाट भारत आयात हुने सबै बस्तुमा २०० प्रतिशतसम्म भन्सार शुल्क बढाएको जानकारी दिए ।

भन्सार शुल्क बढाउने भारतको निर्णयले पाकिस्तानको निर्यातमा भने ठूलो असर पर्ने देखिन्छ । २०१७÷१८ मा पाकिस्तानले भारत तर्फ ४८ अर्ब ८५ करोड अमेरिकी डलर बराबरको बस्तु निर्यात गरेको थियो ।

पाकिस्तानबाट भारत जाने बस्तुमा प्रमुख वस्तुमा फलफुल,सिमेन्ट,पेट्रोलिम पदार्थ,बल्क,मिनरल्स लगायतका वस्तु रहेका छन् । ऐजेन्सी


क्लिकमान्डु