बैंकक घुम्न जादा अंकितिलाई आएको आइडिया, जसले चारवर्षमा १ अर्ब डलरको कम्पनी बन्यो



२७ वर्षे अंकिति बोसले कम्पनी खोलेको चारवर्षमा नै एक अर्ब अमेरिकी डलर बराबरको भ्यालु भएको कम्पनी बनाउन सफल भएकी छन् ।

दक्षिण पूर्वी एशियाको फैशन इकमर्श प्लेटर्फम ‘जिलिगो’ नयाँ उचाई छुने कम्पनी कम्पनी बन्दै छ । स्थापनाको चारवर्षमा यो स्टार्टअपले ‘युनिर्कन’ स्टाटस पाउने नजिक पुगेको छ ।

कम्पनीको यो सफलताको पछाडि २७ वर्षे अंकिति बोसको हात छ । अंकिता कम्पनीको सहसंस्थापक तथा सिइओ समेत हुन् । अंकिता पहिलो भारतीय महिना सिइओ बनेकी छन् जसको कम्पनीले युनिकर्नको स्टेटस पाएको छ ।

युनिकर्न भनेको यस्तो स्टार्टअपलाई बुझिन्छ जसको भ्यालुएसन १ अर्ब अमेरिकी डलरको भएको होस् । अंकितिको स्टार्टअपको अहिलेको भ्यालुएस ९७० मिलियन अमेरिकी डलर रहेको छ ।

‘जिलिगो’को मुख्यालय अहिले सिंगापुरमा रहेको छ । जसको टेक कम्पनी बैंकलोरमा समेत काम गर्छ । कम्पनीका अर्का सहसंस्थापक २४ वर्षका ध्रुव कुमार हुन् । कम्पनीमा अहिले १०० जनाले काम गर्छन् । ‘जिलिगो’ भारतीय उद्यमीले चालएको सफल कम्पनी बनेको छ । यो स्टार्टअपले आफ्नो भ्यालुबाट ३०६ मिलियन अमेरिकी डलर जुटाएको थियो ।

अंकितिले सन् २०१२ मा मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गरेकी हुन् । अर्थशास्त्र र गणित उनको मुख्य विषय थियो ।

अंकितिका अनुसार उनी एकपटक छुट्टीमा बैंकक घुम्न गएकी थिइन् । उनले मानिसहरुमा फेशनप्रतिको चासो निकै ठूलो देखिन् । उनको दिमाखमा यसको लागि अनलाइन प्लेटर्फम खोल्ने आइडिया आयो ।

उनले व्यापारको लागि भारत भने रोजिनन् । यसको कारण भारतमा फिल्पकार्ड,अमेजन लगायतका अनलाइन मार्केटका प्लेयरहरु थिए । अनुसन्धानले दक्षिण पूर्वी एशियामा यस्तो कम्पनी नदेखिएको पाए । २०१५ मा ‘जिलिगो’को स्थापना भयो ।

आफ्नो सफलताको बारेमा कुरा गर्दै अंकितिले भनिन्,‘यो क्षेत्रमा अहिले महिलाको संख्या कम छ,मेरो अहिलेसम्मको यात्रामा पुरुषहरुले सहयोग गरेकाछन् महिला उद्यमी बढी भएको भए अझ राम्रो हुने थियो।’ इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु