अघिल्लो आवको बोनस पारित नगरेको सिभिलले नगद दिने प्रस्ताव



काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को साधारण सभा नगरेको सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरलाई ४.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले आव २०७३/०७४ को खुद नाफाबाट १०.२५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले उक्त सेयरका लागि ७४ करोड ४० लाख रुपैयाँ छुट्टयाएको थियो । बैंकले बोनस सेयर दिने भनेपनि साधारण सभा हुन नसकेकाले लगानीकर्ताले पाउन सकेका छैनन् ।

अहिले ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको उक्त बोनस पछि बैंकको चुक्ता पुँजी आठ अर्ब ३३ लाख रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष नै साधारण सभा नगरेको बैंकको शुक्रबार बसेको सञ्चालक समितको २६४ औं बैठकले गत आर्थिक वर्ष २०७४–०७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको हाल रहेको ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ रुपैयाँ चुक्ता पुँजीको ४.०५ प्रतिशतका दरले हुन आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद लाभांशको लागि छुट्टयाएको बैंकले जनाएको छ । उक्त लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत पाएर साभारण सभाले स्वीकृत गरेपछि लगानीकर्ताहरुलाई वितरण गर्ने जनाएको छ ।


क्लिकमान्डु