एनआईसी एशिया बैंक लिमिटेडको स्वदेशमा गरिने आन्तरिक विप्रेषण कारोबारमा सेन्ड गेट फ्रि योजना



काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकले सेन्ड वन डोमेस्टिक रेमिटेन्स एण्ड गेट वन फ्रि योजना सार्वजनिक गरेको छ ।

बैंकले यो योजनायहिं २०७५ साल फाल्गुण र चैत्र दुई महिनाकाला ल्याएको छ । यस अवधिमा बैंकको ग्राहकले कुनै पनि व्यक्तिले एनआईसी एशिया रेमिट मार्फत नेपालभरी कुनै पनिठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युन शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक अझै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

एनआईसी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम स बैंकको मुलुकभर फैलिएको २७६ शाखाकार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायकप्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।


क्लिकमान्डु