एभरेष्टको संस्थापकले कारोबार रकम बढाउँदा पनि घट्यो सेयर बजार



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापन गर्ने परिसूचक ८.२१ बिन्दुले घटेर १ हजार ११२.८७ बिन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमापन गर्ने सूचक घट्दा पनि कारोबार रकम भने निकै बढेको छ । कारोबार रकम बढ्नुमा एभरेष्ट बैंकका संस्थापक बिके श्रेष्ठको योगदान देखिएको छ ।

बिहीबार श्रेष्ठको परिवारले ठूलो रकमको सेयर बिक्री गर्दा बैंकको संस्थापक सेयर १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी एभरेष्ट बैंकको संस्थापक सेयरको कारोबारहुँदा कारोबार रकम बढेर २ अर्ब १६ करोड ६५ लाख ६ हजार ४८२ रुपैयाँ पुगेको छ ।

यो दिन १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता सेयर किनबेच भएको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १. ५२ बिन्दुले घटेर २३६.९२ बिन्दुमा झरेको छ । कारोबार भएका १० उपसमूह मध्ये सबै भन्दा बढी निर्जीबन बीमा समूहको ७०.१७ बिन्दुले झरेको छ । यस्तै जीवन बीमा २९.३५, होटल २७.०४,माइक्रोफाइनान्स १५.३४, उत्पादन तथा प्रशोधन १८.७१, जलविद्युत ८.७८, अन्य ७.५१, बैंकिङ ५.७८ अंकले घटेको छ ।

यो दिनको कारोबारमा चौतारी लघुवित्त,नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, गुँरास लाईफ इन्स्योरेन्सका सेयरधनीले कमाएका छन भने गुमाउनेमा नेपाल सेवा लघुवित्त,नाग्दी ग्रुप, नयाँ नेपाल लघुवित्तका सेयरधनीले गुमाएका छन् ।


क्लिकमान्डु