पाँचतारे होटलजस्तो उद्योग, ९० प्रतिशत उत्पादन विदेश निर्यात



काभ्रे । कुनै पनि उद्योग भन्नासाथ आम मानिसको बुझ्ने भनेको भिडभाड, होहल्ला, धुलो धुँवा, सवारी साधनद्वारा ध्वनी प्रदुषण, वायु प्रदुषण, असरल्ल राखिएका निर्माण सामग्री, अस्तव्यस्थ वातावरण यी र यस्तै ।

तर काभ्रे जिल्लाका बनेपा नगरपालिका–३ उग्रचण्डीमा गोल्छा अर्गनाईजेसन र हेस्टर बायोसाइन्सेज लिमिटेड इन्डियाको संयुक्त लगानीमा हेस्टर बायोसाइन्सेस नेपालको औपचारीक उद्घाटन भएको छ । यो उद्योगले उच्च प्रविधिको प्रयोगमा कुखुरा तथा पशु चौपायलाई लगाउने भ्याक्सीन उत्पादन गर्दै आएको छ ।

बाहिरबाट हेर्दा कुनै उद्योग नभएर कुनै ठूलै खालको होटल जस्तो रहेको वाताबरण रहेको छ । जंगलको नजिकै रहेको यो उद्योग अन्य उद्योगदेखि रहेका मानिसलाई टाढाबाट हेर्दा उद्योग हो वा कुनै ठूलै लगानीमा बनेको होटल हो जस्तो लाग्न सक्दछ ।

भ्याक्सीन उत्पादन गर्नेभएपछि भित्र उद्योगको भित्री भागमा संवेदनशिल पनि रहेको छ । यहाँ आवश्यक आवश्यक पर्ने कच्चा पदार्थ पनि नेपालकै प्रयोग गरिएको छ । जसका लागि कच्चापदार्थ आयात गर्न नपर्ने भएको छ । यसमा प्रयोग हुने कच्चा पदार्थको काम भने हावा ले नै गर्ने छ । यो उद्योगले उत्पादन गरेको भ्याक्सीन नेपालका साथै विदेश बढी निर्यात हुने छ । ७० करोड लागतमा बनेको यो उद्योग २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो उद्योगमा बनेको भ्याक्सीन ९० प्रतिशत विदेशमा निर्यात हुने छ ।

अहिले यहाँबाट पशु चौपाय र कुखुराको लागि आवश्यक भ्याक्सीन उत्पादन भइरहेको छ । २० वटाको लाईसेन्स पाएको छ भने २६ वटा प्रकृयामा रहेको छ ।

यहाँ भाइरस र ब्याक्टेरिया उत्पादन गर्ने क्षेत्र फरक–फरक रहेका छन् । यो बायोसाइन्सेसले आगामी दिनमा कुखुरामा लाग्ने बर्डफ्लुको औषधि बनाउने भएको छ । आवश्यक सबै तयारी पुरा गरेपनि सरकारबाट सम्बन्धन पाउन नसकेकाले राकिएको जनाएको छ ।

यो भ्याक्सीन उत्पादन गर्ने कच्चा पदार्थ भनेको अग्राजिक भाइरस हो । आवश्यक भाइरस यही उद्योगमा उत्पादन हुने गरेको छ । यहाँ आवश्यक भौतिक पुर्वाधार निकै नै रहेका छन् । देशका निर्यात भन्दा आयात बढी भइरहेको समयमा बर्डफ्लुको औषधि बनाउने सम्बन्धन पाउने हो भने नेपालमा यो रोग एउटा कुखुरामा देख्नासाथ खोरमा भएजति सबै मारी हाल्नुपर्ने अवस्था न्यून हुँदै जाने छ । अहिले यो औषधि भारतबाट अवैध रुपमा ल्याउने गरिएको छ । नेपालमा नै उत्पादन भएको खण्डमा नेपाली रुपैयाँ विदेश नजानुका साथै एउटा कुखुरालाई रोग लागे सबै कुखुरा मार्नुपर्ने बाध्यता घट्दै जान्छ ।

यसकालागि सरकारले समयमा नै सम्बन्धन दिने हो भने आवश्यक उपकरण रहेको हेस्टर साइन्सेजले भ्याक्सीन उत्पादन गरेर विदेशी मुद्रा समेत आर्जन गर्ने अपेक्षा छ ।

अहिले हेस्टरले उच्च प्रविधिको प्रयोग गरेर कुखुरादेखि अन्य चौपायहरुलाई आवश्यक पर्ने २७ भ्याक्सीन उत्पादन गरीरहेको छ ।

हेस्टर बायोसाइन्सेस् नेपालका सीईओ तथा प्रबन्ध निर्देशक राजीव गान्धीले पशुहरुमा देखा परेका विभिन्न रोगहरुले नियन्त्रणको लागि भ्याक्सीन उत्पादन गर्ने उन्नत प्रविधि रहेको बताउँछन् ।

‘हाम्रो किफायती मूल्यको गुणस्तरीय उत्पादनले पशुपालनमा भोग्दै आएको समस्याहरुलाई निर्मूल पार्छ भन्नेमा हामी विश्वस्त छौँ । हामी हाम्रो उत्पादनको गुणस्तर नियन्त्रण गरेर कायम राख्न प्रयासरत छौँ,’ उनले भने ।

उद्योगमा नेपाली लगानीकर्ता रहेको गोल्छा अग्रनानेजशका कार्यकारी निर्देशक तथा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा पशुजन्य उत्पादन वृद्घि भइरहँदा सरकारले पशुहरुको हेल्थ केयर कम्पनीलाई प्रवद्र्घन गर्न उच्च प्राथमिकता दिनुपर्ने बताउँछन् ।

नेपाललाई पशुहरुका लागि आवश्यक पर्ने भ्याक्सीन उत्पादनमा आत्मनिर्भर बनाउन र भेडा र बाख्राहरुमा लाग्ने पीपीआर रोगलाई हटाउन सरकारले सहयोग गर्नुपर्ने उनको भनाई । हेस्टर बायोसाइन्सेस्को उद्घाटनले नेपालमा रोजगारी सृजना गर्ने र सले राजस्व पनि वृद्वि गर्नेछ र यस संयन्त्रको उद्घाटनले आर्थिक विकासको नेतृत्व पनि गर्ने गोल्छाले बताए ।

हेस्टरले उच्च प्रविधिको प्रयोग गरेर कुखुरादेखि अन्य चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सीन उत्पादन गर्छ । यस कम्पनीको वार्षिक कुल उत्पादन क्षमता १.२४ बिलियन डोज लाइभ र सक्रिय भ्याक्सीन हो । हाल कम्पनीको २० भ्याक्सीनका लागि लाइसेन्स् प्राप्त गरिसकेको छ भने २७ भ्याक्सीनहरु लाइसेन्स्को तयारीमा छ । कम्पनीले २ करोड डोज भ्याक्सीनहरु निर्यात गरिसकेको छ ।


क्लिकमान्डु