प्रधानमन्त्री ओलीले भनेः सरकारले अब दिनैपिच्छे नयाँ कुरा ल्याउने छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिनैपिच्छे नयाँ कुरा ल्याउने बताएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएको एकवर्ष पुरा भएको र यो अवधीमा संविधानसँग सम्बन्धित कानून बनेको बताए ।
‘नेपालका लागि एउटा नयाँ अभ्यासको सुरुवात हो,निर्वाचित सरकारले एकवर्ष पुरा गरको छ,अब हामी एक कदम अगाडि पुग्यौ,’प्रधानमन्त्री ओलीले भने ।
निर्वाचित सरकारको एकवर्ष सरकारको वर्षदिन पुरा भएको र वर्षदिन पुरा हुने मात्र सरकार नभएको र यो सरकार बहुमतको भएको हुँदा स्थाई भएको प्रधानमन्त्रीले बताए । धेरैवर्षदेखि अचम्मको कुरा भएको भन्दै प्रधानमन्त्री ओलीले सरकार वर्षदिन पुरा हुने मात्र होइन हरेक दिन नयाँ काम गर्ने सरकार हुने बताए ।
यो वर्ष संविधान कार्यान्वयन वर्ष भिजनको सरकार सरकार दिनैपिच्छे नयाँ कुरा ल्याउने प्रधानमन्त्रीको भनाई छ । ‘एउटा भैसी हेरेर एउटा जीवले भैसी मरेदेखि खान्थ्थे भन्छ तर, त्यो हुँदा हुँदा भैसीपनि ब्यायो पाडीपनि पायो अर्को जीवले भन्छ यो दिन देख्न खोजेको हो।’ प्रधानमन्त्री ओलीले भने । नेपाली जनताले यही दिन देख्न खोजेको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले रोजगारीको अभियान सुरुवात गरेको र गरीबी हटाउनको लागि रोजगारीको अभियान सुरु भएको बताए । नेपाललाई रुपान्तरण र परिवर्तन गर्न चाहेको भन्दै प्रधानमन्त्री ओलीले गरीब देशबाट सम्बृद्ध देश,अनपढ देशलाई विद्धान र पछाडि परेकोलाई अगाडि,अल्पविकसितलाई विकसित भनेर पहिचान बनाउन लागेको बताए ।