महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ब्याजदरमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा हस्तक्षप गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सुझाव लिन आयोजित कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने माग राखेका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको कारण उच्च अंकको आर्थिक बृद्धि सम्भव नभएको बताए ।
यस्तै उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले पुनरकर्जाको सिमा बढाउनुपर्ने र यसको ब्याजदर २ प्रतिशतले बढाउनुपर्ने बताए । सरकारले विगतमा १ खर्बको पुनउद्दार कोष बनाउने भनेपनि नबनेको भन्दै त्यो बनाउनुपर्ने उनको माग थियो ।