टेलिकमको अर्को अफरः एमपिओएसबाट रिचार्ज गरे ५ प्रतिशत बोनस



काठमाडौं । नेपाल टेलिकमले आफ्नो १५औं बार्षिकोत्सबको अवसरका विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।

टेलिकमले सार्वजनिक गरेका विभिन्न योजनाहरुमध्येको एक आकर्षक योजना हो, बोनस योजना ।

यो योजना अनुसार अब मोवाइल पोइन्ट अफ सेल्स अर्थात एमपिओएसबाट टेलिकमका सेवाहरुमा रिचार्ज तथा भुक्तानी गरेमा ग्राहकहरुले पाँच प्रतिशत बोनस पाउने भएका छन् ।

टेलिकमले रिचार्ज तथा भुक्तानी सहज बनाउनका लागि एमपिओएस सिम वितरण गर्दै आएको छ ।

मोवाइल, ल्याण्डलाइन, इन्टरनेट, सिडिएमए फोन लगायतका टेलिकमका विभिन्न सेवाहरुमा भुक्तानी सहज बनाउने उदेश्यले टेलिकमले विभिन्न फर्म तथा पसलहरुलाई एमपिओएस सिम वितरण गर्दै आएको छ । एमपिओएस सिमलाई कहिकतै मास्टर सिम भनेर पनि चिनिन्छ ।

विभिन्न बैंक तथा भुक्तान एपहरुमार्फत भुक्तानी तथा रिचार्ज गर्ने सुविधा थप हुनु अघि ग्राहकहरु ब्यालेन्स ट्रान्सफरका लागि एमपिओएस सिम भएको ठाउँमा गई ब्यालेन्स राख्नुपर्दथ्यो ।

बैंक तथा अनलाइन भुक्तानी गर्न मिल्ने विभिन्न माध्यमहरुको विकाससँगै एमपिओएस सुविधाको प्रयोगमा कमि आएपछि टेलिकमले यसलाई प्रोत्साहन गर्नका लागि बोनस योजना ल्याएको हो ।

यो योजना ६ महिनासम्म कायम रहने टेलिकमले जनाएको छ ।


पुष्प दुलाल