मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउकोष र प्रभु बैंक सम्पन्न सम्झौता


काठमाडौं । प्रदेश नं. २ स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडका विच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रमकार्यान्वयन सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।

२ नं. प्रदेशस्तरीय मुख्यमन्त्रीतथामन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंक लि. का तर्पmबाट सहायक महाप्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का मुख्यमन्त्रीलालबहादुर राउतलाई हस्तान्तरण गरेको छ ।

सम्झौताअनुसार पहिलो चरणमा प्रदेश नं. २ अन्तर्गतकापर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाा सञ्चालनमाआएको छ र मन्त्रालयको सम्झौताको आधारमा यो कार्यक्रमअन्यजिल्लाहरुमा समेत विस्तार हुनेछ ।

यो अभियानअन्तर्गत २०७५ माघ १ गते पश्चात् माथिउल्लेखित ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाताखोलिदिनेछ । मन्त्रालयले प्रदानगर्ने रु. १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामाखोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ ।

खाता खोलिएको छोरीको मृत्यू भएमावा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।

प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा बैंकिङ्ग सहकार्य गर्दै प्रभु बैंकले आफुलाई व्यवसायिक मात्र नभएर समाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ ।

निरन्तर व्यवसायिक सफलता हासिल गरिरहेको प्रभु बैंकले यस अभियानलाई आप्mनो सामाजिक उत्तर दायित्व वहन गर्ने अवसरको रुपमा लिएको छ ।