होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क लाग्ने व्यवस्था हट्यो



काठमाडौं । अबदेखि होटल तथा रेष्टुरेन्टमा उठेको बिलको थप १० प्रतिशत सेवा शुल्क नलाग्ने भएको छ ।

रेष्टुरेन्ट तथा बार एशोसियन(रेबान)को को काठमाडौं,सौराह र पोखराको सयुक्त बैठकले १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेको हो ।
२०६४ सालपछि होटल रेष्टुरेन्टमा माओवादी मजदुरको दवावपछि उपभोक्तामाथि १० प्रतिशत सेवा शुल्कको भार थपिएको थियो ।

सो पैसा मजदुरको भलाईको लागि प्रयोग हुने गरेको थियो । सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएपछि यस्तो सेवा शुल्क औचित्यहिन नै थियो ।
उपभोक्ताले स्वेछिक रुपमा टिप्स दिने भएपनि १० प्रतिशत सेवा शुल्क थपिदा उपभोक्तालाई महंगो बिल तिर्नु परेको थियो ।
रेबानको निर्णयसँगै मंगलबारदेखि नै काठमाडौं,पोखरा र सौराहमा सेवा शुल्क हटेको छ ।


क्लिकमान्डु