आधादर्जन म्युचुअल फण्डको रिपोर्टः खुद सम्पत्ति मूल्यमा सुधार



काठमाडौं । सञ्चालनमा रहेका म्यूचुअल फण्डमध्ये ६ वटाले पुस महिनाको मासिक रिपोर्ट सार्वजनिक गरेका छन् ।

रिपोर्ट अनुुसार यो महिना फण्डहरुको प्रति इकाई खुद सम्पती मूल्यमा सुधार आएको छ । ७ वटै फण्डको खुद सम्पती मूल्यमा सुधार देखिएको छ ।

सूचिकृत सेयरमा लगानी पनि ६ वटैको बढेको छ । तथापि निरन्तर ओराले लागेको सेयर बजारमा कुनै पनि भरथेग गर्न भने सकेका छैनन ।

बजारको विकासका लागि भन्दै फण्डको व्यवस्था गरिएको हो ।

फण्डहरुले बजारको विकासका लागि काम गर्नु भन्दा पनि मुद्धति निक्षेपमा पैसा खान पल्केपछि सेयर बजारले फडको मार्न नसकेको लगानीकर्ताहरुको भनाई छ ।

फण्डको अवधारणा धितोपत्र बजारको विकासका लागि गरिएको हो । अहिले उनीहरुले बजारको विकास भन्दा नाफा मुखी बन्दै जाँदा उनीहरु जे उद्देश्यले स्थापना भएका हुन त्यो हुन नसकेको देखिएको छ ।

फण्डहरुले मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खाएर बस्ने र सुचिकृत सेयरमा लगानी गर्ने क्रम भने न्यून हुँदै गएको छ ।

पुस महिनामा ६ वटा फण्ड मध्ये बैंक मौज्दात एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ र एनआईसी एसिया ग्रोथ फण्डको मात्र घटेको छ । बाँकी सबै फण्डहरुको बैंक मौज्दात बढेको छ ।

उनीहरुले यो पैसा बजारमा लगानी गर्न सकेको खण्डमा बजारको विकास हुने थियो र स्थापनाको उद्धेश्य पनि पुरा हुने लगानीकर्ताको विश्वास छ ।


क्लिकमान्डु