विष्णु पौडेलको प्रश्नः नेपाल टेलिकमलाई भृकुटी कागज कारखाना बनाउन खोजिएको हो ?



काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपाका महासचिव विष्णु पौडेलले नेपाल टेलिकमलाई फोरजी सेवा विस्तार गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् ।

आइतबारको संघीय संसदको अर्थ समितिमा नेपाल टेलिकमको फोरजी सेवा विस्तासका विषयमा भएको छलफलमा सांसदसमेत रहेका पौडेलले यस्तो बताए ।

‘निजी क्षेत्रको एनसेललाई धमाधम फोरजीको अनुमति दिने तर सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फोरजी सेवा विस्तार गर्न एकपछि अर्को अवरोध गरेर टेलिकमलाई भृकुटी कागज कारखाना, गोरखाली रबर उद्योग र बाँसबारी छालाजुत्ता कारखाना जस्तो बनाउन खोजिएको हो ?’ पौडेलले प्रश्न गरे ।

टेलिकमको फोरजी सेवा विस्तारका विषयमा अर्थ समितिले विज्ञहरुसँग छलफल गरेर आवश्यक निर्देशन दिने निष्कर्श निकालेको छ ।

टेलिकमको फोरजी सेवा विस्तारलाई अख्तियारले ९ महिना, मन्त्रालयले २ महिना फाइल अड्काएर राखेको भन्दै त्यसो गर्नु गलत भएको उनको भनाई छ ।

‘सँधै अवरोध उत्पन्न गरेकाले नेपाला टेलिकमले काठमाडौं र पोखरामा मात्रै फोरजी सेवा विस्तार गर्न सकेको छ,’ उनले भने, ‘सरकारी सेवा विस्तारमा यसरी अवरोध गरिनु गल हो ।’

अबरोधमाथि अबरोध खडा गरेर टेलिकमलाई डुबाउन खोजिएको हो ? भन्दै पौडेलले प्रश्न गरे ।

नेपाल टेलिकमले फोरजी सेवा विस्ता गर्नका लागि २१ अर्ब रुपैयाँ बराबरको टेन्डर चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ ।

सामान्यतया ३ वर्ष लाग्ने काम चिनियाँ कम्पनीले १ वर्षमै सक्ने भन्दै फोरजी सेवा विस्तारको पूर्वाधार निर्माणको काम जिम्मा लिएपछि सांसदहरुले अनियमितता हुनसक्ने आशंका व्यक्त गरेका थिए ।

पूर्वअर्थमन्त्री समेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले ३ वर्ष लाग्ने काम १ वर्षमै कसरी सकिन्छ ? भन्दै अनियमितता हुनसक्ने आशंका गरेका थिए ।

टेलिकमको फोरजी सेवा विस्तारका विषयमा अर्थ समितिले विज्ञहरुसँग छलफल गरेर आवश्यक निर्देशन दिने निष्कर्श निकालेको छ ।


पुष्प दुलाल