अशोक शेरचन थप ४ वर्षका लागि प्रभु बैंकको सीइओ



काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अशोक शेरचनले निरन्तरता पाएका छन् ।

बैंकको माघ १० गते बसेको १३३औं सञ्चालक समितिको बैठकले शेरचनलाई दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो । शेरचनको कार्यकाल माघ १८ गतेदेखि ४ वर्षको हुने छ ।

प्रभु फाइनान्स हुँदादेखि नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका शेरचन प्रभु बैंकमा पनि सीइओ थिए । बैंकमा उनको पहिलो कार्यकाल यही माघमा सकिँदै थियो ।

किष्ट र ग्राण्ड बैंक जस्ता विग्रिएका संस्था मर्ज गरेर प्रभु फाइनान्स प्रभु बैंकमा स्तरोन्नति भएको थियो ।

शेरचनको व्यवस्थापकीय नेतृत्वमा बिग्रिएका संस्थाहरु लिएर पनि प्रभु बैंकलाई प्रतिस्पर्धी र सफल बनाउन बनेपछि अर्को कार्यलालका लागि उनलाई निरन्तरता दिइएको एक सञ्चालकले जानकारी दिए ।

उनीसँग दुई दशकभन्दा बढी बैंकिङको अनुभव छ ।


क्लिकमान्डु