डाबोस पुगेर अर्थमन्त्रीले भने,- जनतालाई सेयर दिएपछि मात्रै आयोजनाहरु सफल हुन्छन्



काठमाडौ । अर्थमन्त्री खतिवडाले जनतालाई सेयर दिएर अपनत्व फिल गराएपछि मात्रै आयोजनाहरु सफल हुने बताएका छन् ।

विश्व आर्थिक मञ्चमा भाग लिन प्रधानमन्त्री केपी ओली संयोजकतवको टोलीमा स्वीटजरल्याण्डको डाबोस पुगेका अर्थमन्त्री खतिवडाले लगानी प्रक्रियालाई परिवर्तन गर्नुपर्ने बिचार व्यक्त गरेका हुन् ।

विकाशोन्मुख राष्ट्रमा बैदशिक लगानी घटेको भन्दै खतिवडाले चिन्ता व्यक्त गरे ।

‘अब लगानी प्रक्रियालाई परिवर्तन गरी स्थानीय जनतालाई पनि सेयरमा सहभागी गराएर अपनत्व भएपछि मात्र कुनै पनि परियोजना सफल हुन्छ,’ अङ्कटाडकमका पदाधिकारीसँगको छलफल कार्यक्रममा खतिवडाले भने, ‘त्यसका लागि नयाँ ढाँचा आवश्यक पर्ने र सरकारी, निजी तथा दातृ निकायसँगै बसेर गर्नुपर्छ ।’

उक्त छलफल कार्यक्रममा अङ्कटाडकम वरिष्ठ निर्देशक जेम्स झानले भाग समेत भाग लिएका थिए । विश्व आर्थिक मञ्चलाई विश्वका खर्बपतिहरुको क्लवको रुपमा पनि चिनिन्छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रथमपटक प्रधानमन्त्रीस्तरमा यस मञ्चमा सहभागी भएका छन । डाबोसमा नेपालको सहभागीता विदेशी लगानी भित्र्याउने ठूलो अबसर पनि हो ।

तर, मञ्चमा सहभागी हुन डाबोस पुगेका नेपालका प्रतिनिधिहरुले लगानीकर्ताहरुलाई आकर्षक प्याकेज दिएर नेपालमा लगानी गर्न कन्भिन्स चाहिँ गर्न सक्नुपर्छ ।

प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायतको टोली डाबोस पुगेको छ ।


पुष्प दुलाल