सबैभन्दा महंगो कम्पनी युनिलिभरको सेयर मूल्य प्रतिकित्ता १७ सयले घट्यो
काठमाडौं । सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभर लिमिटेडको सेयर मूल्य आज एकैपटक १७ सय रुपैयाँले घटेको छ । युनिलिभरको सेयर मूल्य ७.७५ प्रतिशतले घटेको हो ।
मंगलबार कारोबार सकिएसँगै युनिलिभरको सेयर मूल्य २११०९ रुपैयाँमा आएको छ ।
९ लाख २० हजार कित्ता मात्र सेयर बजारमा युनिलिभरको सेयर सूचिकृत छ । जसको सेयर कारोबार भने धेरै भने हुँदैन ।
सिमित व्यक्तिसँग मात्र रहेको युनिलिभरमा लगानीकर्ताको आकर्षण भनेको घटेको छ । खासगरी उसले उत्पादन गर्ने वस्तुमा रामदेवको उत्पादनले दिएको टक्करको कारण यसको बिक्रीमा असर गरेको छ ।
संचालन लागत बढ्दा प्रतिफल समेत घटेको छ । जसको कारण युनिलिभरले गतवर्षको नाफाबाट पछिल्लो पाँचवर्षकै कम प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिएको थियो ।