एशियन लाइफको क्रिटिकल केयर योजना, बीमा रकम लिन अस्पतालको बिल नचाहिने



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरुविरुद्ध बीमा सुरक्षा प्रदान गर्नको लागी “एशियन क्रिटिकल केयर” पुरक करार सार्वजनिक गरेको छ ।

यो ऐच्छिक सुविधा (पुरक करार) बाट बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्चवापत एकमुष्ठ ५० लाखसम्म भुक्तानी पाउँछन् ।

मानव स्वास्थ्यमा कुनै गडबडीको कारण आइपर्ने गम्भीर रोगको उपचारमा जीवनभरीको पसिनाको कमाई निमेषभरमै स्वाहा हुनसक्छ । यस्तो गम्भीर रोगको उपचार खर्चको लागी “एशियन क्रिटिकल केयर (घातक रोग लागेमा थप सुविधा दिने बारेको पूरक करार)” ले बीमितलाई तनावबाट टाढा राख्नेछ ।

यो सुविधा मूल बीमालेखमा ऐच्छिक सुविधाको रुपमा समावेश गर्न सकिनेछ ।
यसमा बीमा रकम लिन अस्पतालको बील पेश गर्नु नपर्ने, बीमांक रकम ५० हजारदेखि ५० लाखसम्म १६ वर्षदेखि ६० वर्षसम्म उमेर समुहका व्यक्ति सहभागी हुन सक्नेछन् ।

कम्पनीले २९ वटा शाखा र ७९ वटा उपशाखा गरी १०८ वटा कार्यालयमार्फत् सेवाग्राहीलाई घरदैलोमा बीमा सेवा प्रदान गर्दै आईरहेको छ । यस कम्पनीको हाल अधिकृत पूँजी  ५ अर्ब, चुक्ता पूँजी  १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने २०७५ पौष मसान्तसम्म करिब  १५ अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ ।


क्लिकमान्डु