छत्रदेव गाउँपालिकाको मोवाइल एप्स सार्वजनिक




अर्घाखाँची । जनता र स्थानीय तहबीच सहज पहुँच पुर्याउँने उद्धेश्यले छत्रदेव गाउँपालिकाले मोवाइल एप्लिकेशन सार्वजनिक गरेको छ ।

देश विदेश जहाँ रहेपनि जनताले गाउँपालिकाबाट उपलब्ध हुने सेवा, आवश्यक प्रक्रिया तथा समस्या दायर गर्न सक्ने गरी उक्त मोवाइल एप तयार पारिएको छ । स्मार्ट मोवाइल प्रयोग गर्ने जनताले अब छत्रदेव गाउँपालिकाबारे कुनै गुनासो भएमा गुनासो सुनाउन गाउँपालिका कार्यालय धाउनु नपर्ने भएको छ । संसारको जुनसुकै कुनामा रहेर पनि अब आफुलाई लागेको कुरा सहज रुपमा सोध्न र जानकारी लिन सकिने भएको हो ।

मोवाइल एपमार्फत जनप्रतिनिधिका सम्पर्क नम्बर, वडा कार्यालयहरुको विवरण र गाउँपालिका भित्र रहेका बैंक, पर्यटकिय क्षेत्र, धार्मिक क्षेत्र, स्कुल क्याम्पस तथा अन्य विविध विषयबारे जानकारी लिन सकिने भएको छ ।

त्यस्तै गाउँपालिकाको एप्लिकेशन प्रयोगकर्ताहरुले गाउँपालिकाका योजना तथा बजेट समेत थाहा पाउन सक्ने भएका छन ।


पुष्प दुलाल