तामाकोशीको करिब ११ करोडको कारोबार सेयर मूल्य २६१ मा झर्यो



काठमाडौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १०.८६ अंकले घटेको छ । वित्त समुह बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ ।

नेप्से १०.८६ अंकले घटेर ११६८.०६ बिन्दुमा आइपुगेको छ ।

नेप्सेमा सोमबार ३६ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको १० करोड रुपैयाँको कारोबार भएको छ ।

दोस्रो बजारमा सूचिकृत भएको पहिलो साता बढेको तामाकोशीको सेयर आइतबार जस्तै सोमबार समेत घटेको छ । १० करोड ९१ लाख रुपैयाँको कारोबार भएको तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २६१ रुपैयाँमा आएको छ ।

अघिल्लो दिनको तुलनामा २९ रुपैयाँले तामाकोशीको सेयर मूल्य तल झरेको छ ।


क्लिकमान्डु