विश्व बजारमा प्रतिस्पर्धाको प्रभावः चिनियाँ टेलिभिजन विक्री दरमा गिरावट



वेइजिङ । प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन २०१८ प्रतिकुल देखिएको गैरसरकारी अध्ययनले देखाएको छ ।

तथ्याङ्क सेवा प्रदायक संस्था (एभीसी) का अनुसार चीनमा टेलिभिजन सेटको बिक्रीमा सन २०१७ को तुलनामा सन २०१८ मा ८.६ प्रतिशतको गिरावट आएको छ । उक्त संस्थाले टेलिभिजन विक्रीबाट भएको औषत आम्दानीमा पनि नौ प्रतिशतको गिरावट आएको जनाएको छ ।

सन २०१८ मा चीनले जम्मा १६ करोड टेलिभिजन उत्पादन गरेको थियो भने उत्पादित टेलिभिजनमध्ये ७० प्रतिशत टेलिभिजन विदेश निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

चिनियाँ भिडियो उद्योग संगठनका उप–महासचिव पेङ जियानफेङले भने, “घरेलु प्रयोजनका लागि गत बर्ष चिनियाँहरूले ४७ करोड ७४ लाख टेलिभिजन खुद्रारूपमा किनेका थिए । यो अघिल्लो बर्षको तुलनामा शुन्य दशमलब पाँच प्रतिशतको वृद्धि हो ।”

यसैबीच सन २०१८ मा निर्यात भएका टेलिभिजनको सङ्ख्या ९७ करोड ३२ लाख रहेको र यो अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतको वृद्धि हो ।

चीनले अर्थतन्त्रमा योगदान गर्नका लागि चीनले कार तथा घरायसी सामानहरूको विक्रीलाई प्रोत्साहन गरेको र यि सामानको उपयोगमा वृद्धि गरेको थियो ।


पुष्प दुलाल