तामाकोशीको उल्टो सर्किट ब्रेक ! २२ करोडको कारोबार
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबारमा आइतबार फेरी अनौठो क्रम देखिएको छ ।
कारोबार सुरु भएको ३० मिनेटमा करिब १० प्रतिशतले बढेको सेयर मूल्य घट्न थाल्यो ।
लगानीकर्ताको अत्याधिक चापको कारण नेप्सेको मार्केट डेप्थको सिस्टमले काम गरेन । ३४२ रुपैयाँसम्म पुगेको तामाकोशीको सेयर मूल्य घट्न थाल्यो । अहिले २८७ मा यसको कारोबार भएको नेप्सेको वेवसाइटमा देखिन्छ ।
बिहीबार ३११ रुपैयाँमा यसको कारोबार भएको थियो । अहिलेसम्म २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।