तामाकोशीको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो,३० मिनेटमा ३ करोड ५७ लाखको किनबेच



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

अहिले यसको सेयर कारोबार प्रतिकित्ता ३४२ रुपैयाँमा भएको छ ।

मार्केट डेप्थमा आइतबारपनि बिक्रीकर्ता देखिएका छैनन् । २ लाख ४० हजार कित्ता सेयर खरिदका लागि अर्डरमा छ ।

अहिलेसम्म ३ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर सूचिकृत भएर कारोबार भएको एकसातामै तामाकोशीको बजार पुँजीकरण उत्कृष्ट १० कम्पनीभित्र भइसकेको छ ।


क्लिकमान्डु