नेपाल पूँजीबजार संघको अध्यक्षमा संरक्षणा चौधरी



काठमाडौं । नेपाल पूँजीबजार संघको अध्यक्षमा संरक्षणा चौधरी चयन भएकी छन् ।

संघले ले आफ्नो नवनिर्वाचित अध्यक्ष र संचालक समितीका सम्पुर्ण सदस्यहरुलाई सम्मान एवं स्वागत कार्यक्रम सम्पन्न गरेको छ । संघको नवनिर्वाचित अध्यक्षका रुपमा युवा लगानीकर्ता संरक्षणा चौधरी मनोनित भएकी छिन भने उपाध्यक्ष तर्फ दुर्गा काफ्ले, सचिव र सह(सहिव मा सन्जिब साही र विशाल कडरिया , कोषाध्यक्ष तर्फ सङ्गिता सुवेदी , प्रमुख सल्लाहकारमा संघका पुर्व अध्यक्ष नवराज सुवेदी र राजन श्रेष्ठ रहेका छन भने सदस्य तर्फ क्रमश कन्चन लामा, सरोज पुरी र पवन यादव रहेका छ्न ।

उक्त कार्यक्रममा विवेकशिल नेपाली दलका केन्द्रिय सदस्य मिलन पाण्डेले पनि पूँजीबजार को बिकास र बिस्तार प्रती जोड दिएका थिए तेसै गरि दीपेन्द्र अग्रवालले पनि पूंजीबजार बारे आफुले गरेका कार्य तथा कसरी बजार लाई हामी लगानीकर्ताहरु मिलेर पूँजीबजार को बिकास र बिस्तार गर्न सकिन्छ भनेर पनि आफ्नो धारणा राखेका थिए ।


क्लिकमान्डु