‘एनटीसी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकका कर्मचारीलाई बोनश दिनु हुँदैन’



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका कर्मचारीलाई बोनश नदिन सांसदले प्रस्ताब गरेका छन् । सरकारले संसदमा प्रस्तुत गरेको बोनस ऐनमा सांसद प्रेम सुवालले यस्तो प्रस्ताव गरेका हुन् ।

‘सार्वजानिक संस्थान नेपाली जनताकै सम्पत्ति भएकाले आयल निगम, टेलिकम, विद्युत प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा काम गर्ने कर्मचारीलाई बोनस दिनु हुँदैन,’ सांसद सुवालले दर्ता गरेको संसोधन प्रस्ताबमा उल्लेख छ ।

सरकारी स्वामित्व भएका सार्वजानिक संस्थानहरुमा काम गर्ने कर्मचारीलाई बोनसको व्यवस्था गर्नु नहुने उनको प्रस्ताब छ । यी संस्थानहरुले राम्रो बोनस दिने भएकाले जागिरका लागि आकर्षक मानिन्छन् ।

सांसद सुवालले संसदमा दर्ता गरेको प्रस्ताव


पुष्प दुलाल