एभरेष्ट बैंकको नाफा १ अर्ब ४२ करोड हुँदा,फ्रि प्रोफिट १ अर्ब ४ करोड मात्र



काठमाडौं । एभरेष्ट बैंकले पुस मसान्तसम्ममा १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको गतवर्ष पुस मसान्तसम्मा नाफा १ अर्ब २२ करोड थियो ।

तर,नियामकले व्यवस्था गरे अनुसारको रकम मिलाउदा भने बाड्न मिल्ने नाफा भने १ अर्ब ४ करोड मात्र रहेको छ । रेगुलेटरी एडजसमेन्ट अन्तर्गत बैंकले ३८ करोड रुपैयाँ राख्नु परेको छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै कर्जा १ खर्ब ५ रुपैयाँ दिएको छ । बैंकको कर्जा निक्षेप अुनपात ७६.२३ प्रतिशत रहेको छ ।


क्लिकमान्डु