माछापुच्छ्रे बैंकको नाफा ६० प्रतिशतले बढ्या प्रतिशतले बढ्यो, इपिएस पनि ६० प्रतिशतले बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंकले ६२ प्रतिशतले नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार ७८ करोड १३ लाख रुपैयाँ बैंकले नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ४८ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।
रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट भने ८० करोड ३६ लाख रुपैयाँ पुग्छ । अघिल्लो वर्ष यस्तो प्रोफटि ४७ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्ममा बैंकले ८५ अर्ब १७ करोड निक्षेप संकलन गरेको छ भने कर्जा ७४ अर्ब ६५ करोड रुपैयाँ गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७७.६४ प्रतिशत रहेको छ ।
बैंकले प्रकाशित गरेको विवरणमा बैंकको प्रतिसेयर आम्दानी ६० प्रतिशतले बढेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १९.४० रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १२.०८ रुपैयाँ रहेको थियो ।