बिनोद चौधरीलाई सर्बोच्चको झड्का, सिजी टेलिकमको पक्षमा आएको अन्तरिम आदेश बदर हुने



काठमाडौं । अर्बपति बिनोद चौधरीले टेलिकम सेवा संचालन गर्न नपाउने भएका छन् । सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा र इश्वर खतिवडाको सयुक्त इजलाशले यसअघि सर्बोच्चले दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले विनोद चौधरीको लगानीमा रहेको सीजी कम्युनिकेशन प्रालिलाई टेलिकम सञ्चालन गर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै गत पुस २४ गते भ्याकेट निवेदन दर्ता गरेका थिए । खनालले सिजी टेलिकमले अदालतमा झुटो तथ्यांक पेश गरेर आफ्नो पक्षमा अन्तरिम आदेश लिएको दाबी गर्दै उक्त आदेश खारेजीको माग गरेका हुन् ।

निवेदनमा कानूनी तथा तथ्यगत अवस्था नभएकाले अन्तरिम आदेश जारी हुनसक्ने अवस्था नै नरहेको र प्राविधकरणलाई सुनुवाइको मौका नै नदिई एकपक्षीय सुनुवाई गरी जारी गरिएको आदेश गलत तथ्यमा आधारित, प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको उल्लेख गरिएको थियो ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत पुस १० गते सीजीलाई सेवा सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको थियो ।


क्लिकमान्डु