नेप्से परिसूचक १७.५१ अंकले बढ्यो, ३९ करोड ७३ लाख रुपैयाँको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १७.५१ अंकले बढेको छ ।
नेप्सेमा मंगलबार १५८ कम्पनीको सेयर खरिदबिक्री हुँदा ३९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।
१७.५१ अंकको नेप्से परिसूचक बृद्धिसँगै नेप्से परिसूचक ११९५.५४ बिन्दुमा आइपुगेको छ ।
मंगलबार कारोबार भएका सबै समुहको परिसूचक उकालो लागेको छ । कारोबार रकमको आधारमा सबैभन्दा बढी नागरिक लगानी कोषको कारोबार भएको छ । नागरिक लगानी कोषको ८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
सबैभन्दा बढी कमाउनेमा पनि नागरिक लगानीकोषका लगानीकर्ता रहेको छन् । नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता२६१ रुपैयाँले बढेको छ ।