गुराँस लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने भएको हो ।

हाल कायम रहेको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँमा ८ प्रतिशतको दरले हुने ४ करोड ७५ लाख रुपैयाँको बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै कम्पनीले कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ ।


क्लिकमान्डु