तामाकोशी जलविद्युत्को सेयर किन्न १२ लाखकित्ता सेयर खरिदको अर्डरमा,बिक्रीकर्ता छैनन्



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर किन्नको लागि १२ लाख कित्ता सेयर अर्डरमा रहेको देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को मार्केट डेप्थ अनुसार अहिलेसम्म १२ लाख ३४ हजार १९० कित्ता सेयर खरिदका लागि अर्डरमा रहेको छ ।

खरिदकर्ताले प्रतिकित्ता २५० देखि २५८ सम्मको मूल्य कोट गरेका छन् ।

सोमबार नेप्सको लापरवाहीको कारण सेयर कारोबार स्थगित भएको तामाकोशीको सेयर मूल्य अहिले प्रतिकित्ता २५८ पुगेको छ ।


क्लिकमान्डु