हिमालयन बैंकको ५ % बोनस शेयर र १०.७८९५ % नगद लाभांश पारित



काठमाडौ । हिमालयन बैंकधको छब्बीसौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने भएको छ ।

बैंकको यो वर्ष ६ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने भएको छ । देशका विभिन्न स्थानमा थप ए.टी.एम. सञ्जाल विस्तार योजना पनि बैंकले बनाएको छ ।


पुष्प दुलाल